Breaking News.... EverestOnlineKhabar
August 29, 2026

Loading

बीबीसी । अमेरिकी गुप्तचर निकाय सीआइएका निर्देशक माइक पोम्पेओले उत्तर कोरियाली नेता किम जङ अनसँग एउटा गोप्य भेटवार्ताका लागि प्योङयाङको भ्रमण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

ट्रम्प र किमबीच हुने प्रत्यक्ष वार्ताको तयारीका लागि इष्टर सप्ताहन्ततिर पोम्पेओ प्योङयाङ गएका थिए। यसअघि ट्रम्पले अमेरिका र उत्तर कोरियाबीच उच्चस्तरमा प्रत्यक्ष वार्ताहरू भएको स्वीकारेका थिए।

फ्लोरिडामा जापानी प्रधानमन्त्री शिन्जो आबेसँगको दुईदिने बैठकको शुरूवातमा बोल्दै ट्रम्पले वार्ताहरूबारे खुलासा गरेका हुन्। उनले भने, “हामीले एकदमै उच्चस्तरीय वार्ताहरू गरेका छौँ।“

किमसँग हुने बैठकका लागि पाँचवटा स्थानबारे विचार विमर्श भइरहेको समेत ट्रम्पले बताए। उनले सन् १९५० देखि ५३ सम्म चलेको कोरियाली युद्ध औपचारिक रूपमा समाप्त भएको घोषणा गर्ने शान्ति सन्धिबारेको दुई कोरियाबीचको छलफलका लागि आफूले शुभकामना पठाएको पनि बताएका छन्।

ट्रम्प र किमबीच हुने शिखर बैठकको लागि उक्त भ्रमण गरिएको बाहेक भेटवार्ताबारे खासै केही थाहा हुन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.