Breaking News.... EverestOnlineKhabar
August 29, 2026

जनयुद्ध, चुनाव चिन्ह लगायतका बिषय मिलेका छैनन : प्रचण्ड

Loading

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसंगको पार्टी एकीकरण प्रक्रियामा पार्टी बिधानको प्रस्तावनामा जनयुद्ध लेख्ने वा नलेख्ने तथा निर्वाचन चिन्ह के राख्ने भन्ने बिषयमा सहमति हुन बाँकी रहेको प्रष्ट पारेका छन ।

बुधबार बिहान भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै दाहालले जनयुद्ध, चुनाव चिह्न र एकताको मोडालिटी अर्थात केन्द्रीय समिति, प्रादेशिक समितिको गठन विधिका विषय नटुंगिएकाले बैशाख ९ गते एकता घोषणा हुन नसक्ने बताए ।

यसअघि नेकपा एमालेका नेताहरुले एकीकृत पार्टीको चुनाव चिन्ह सूर्यमा राख्नेमा सहमति भैसकेको बताएका थिए । माओवादीले सूर्य भित्र हँसिया र हथौडा समेत हुनुपर्ने बताउँदै आएको छ ।

अध्यक्ष दाहालले एकता संयोजन समितिको अर्को बैठकले बैशाख भित्रै एकताको नयाँ मिति घोषणा गर्ने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.