Breaking News.... EverestOnlineKhabar
August 29, 2026

सरकारलाई यातायात व्यवसायीको खुलेआम चुनौती : गाडी थन्क्याउनेदेखि अनिश्चितकालिन बन्दसम्मका कार्यक्रम सार्वजनिक

Loading

काठमाडौं । सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले कमडा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । उनीहरुले पत्रकार सम्मेलन गरी अनिश्चितकालीन यातायात बन्द लगायतका कार्यक्रमहरु घोषणा गरेका हुन् ।

सार्वजनिक गरिएका कार्यक्रम अनुसार वैशाख २१ गते घर तथा ग्यारेजमा गाडी थन्काउने र २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्नेसम्म रहेका छन । उनीहरुले बैशाख ६ गते संयुक्त आन्दोलनको तयारी गर्ने र ७ गते प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेका छन् । ८ गते सबै सार्वजनिक गाडीहरुमा कालो झण्डा राख्ने, ९ गते यातायातसँग सम्बन्धित नेताहरुलाई ज्ञापनपत्र बुझाउने, १० र ११ गते प्रदेशमा कोणसभा गर्ने तथा १२ र १३ गते जुन समयमा गाडी चलाउन मन लाग्छ त्यही समयमा गाडी चलाउन पाउने कार्यक्रम तय गरिएको छ ।

यस्तै १४ र १५ गते क्यू फ्री गर्ने, १६ गते यातायात कार्यालयहरु घेराउ गर्ने, १७, १८ र १९ गते प्रचार प्रसारका कार्यक्रम गर्ने तथा २१ गते आ–आफ्ना गाडी घर तथा ग्यारेजमा थन्काउने निर्णय यातायात व्यवसायीले गरेका छन् ।

२२ गते संयुक्त संघर्ष समितिको बैठकपछि आन्दोलनका थप कार्यक्रम गर्ने र २७ गतेदेखि संयुक्त संघर्ष समितिबाट अर्को जानकारी नआएसम्म नेपालभरका सार्वजनिक सवारी साधनहरु घर ग्यारेजमा थन्काउने आन्दोलनका कार्यक्रममा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.