Breaking News.... EverestOnlineKhabar
June 26, 2026

चीनमा अपेक्ष गरिए भन्दा बढी आर्थिक प्रगति, तीन महिनामा ६.८ प्रतिशत आर्थिकबृद्धि

Loading

बीबीसी । चीनमा यसै वर्षको ज्यानुअरीदेखि मार्च महिनासम्ममा पूर्वानुमान गरिए भन्दा बढी अर्थात् ६ दशमलब ८ प्रतिशतको आर्थिक वृद्धि भएको छ।

अघिल्लो वर्षको पहिलो तीन महिनाको अवस्था भन्दा यो वृद्धिदर बढी हो। हालको कूल गाह्रस्थ उत्पादन सम्बन्धी आँकडाहरू पनि बेइजिङको लगभग ६ दशमलब ५ प्रतिशतको वृद्धिको लक्ष्य भन्दा बढी रहेको छ।

तथ्यांकहरूले विश्वको दोस्रो ठूलो अर्थतन्त्रलाई बलियो उपभोक्ता मागले साथ दिइरहेको देखाएको छ। चीनको अर्थतन्त्रलाई मुख्य रुपमा बढ्दो ऋणको अनुपातले असर पार्ने ठानिएको छ। चीनको सरकार बढ्दो ऋणलाई नियन्त्रण गर्ने र वृद्धिलाई बाधा नपुग्ने गरी घर जग्गा व्यवसायमा बढेको उच्च मागलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ।

सिंगापुरस्थित नोर्डिआ ब्याङ्कका चीन अर्थ्विद् एमी झुहाङले पहिलो चौमासिकको वृद्धिदरलाई ’ठोस उपलब्धि’ भन्दै घर जग्गा व्यवसायका कारण पछिल्लो सकारात्मक अवस्था विस्तारै कमजोर हुनसक्ने उल्लेख गरिन्। आफ्नो प्रमुख व्यापारिक साझेदार संयुक्त राज्य अमेरिकासँग निर्यातको विषयलाई लिएर चुलिदो तनावका माझ चिनियाँ अर्थतन्त्रको पछिल्लो आँकडा आएको हो।

अमेरिकाले प्रस्ताव गरेका कर वृद्धिका कारण सन् २०१८ मा चिनियाँ अर्थतन्त्रमा कस्तो प्रभाव पर्नेछ भनेर नजिकबाट नियालिने विश्लेषकहरू बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed