Breaking News.... EverestOnlineKhabar
August 29, 2026

रासायनिक अस्त्र हमला भएको सिरियाको डुमामा अनुगमन अनुमति

Loading

बीबीसी । सिरियामा रासायनिक अस्त्र हमला भएको सन्दिग्ध स्थानको भ्रमण गर्न अन्तराष्ट्रिय विज्ञहरूलाई अनुमति दिइने रुसले जनाएको छ।

ब्रिटेन र संयुक्त राज्य अमेरिकाले मस्को र सिरियाले वास्तविकता लुकाउने प्रयास गरिरहेको र अनुगमनकर्ताहरूलाई सिरियाली सरकारी फौजले डुमामा गराएको भनिएको हमलाबारे सूचना संकलन गर्नबाट रोकिरहेको आरोप लगाएका छन्।

रासायनिक अस्त्र प्रयोग सम्बन्धी अन्तराष्ट्रिय निगरानी समूहले सिरियाली अधिकारीहरूले उनीहरूकै शब्दमा सुरक्षाको कारण देखाउँदै पहुँच नदिएको बताएको थियो । हमला गरिएका स्थलमा पाइन सक्ने प्रमाणहरू नष्ट गरिरहेको भन्ने अमेरिकी आरोपलाई अस्वीकार गर्दै रुसले कुनै पनि रासायनिक अस्त्र हमला नभएको जनाएको छ।

सिरिया पुगेका अन्तराष्ट्रिय अनुगमनकर्ताहरूले रासायनिक अस्त्र प्रयोग भएको भनिएको स्थानका नमुना संकलन गर्न प्रयास गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.