Breaking News.... EverestOnlineKhabar
June 26, 2026

निलम्बित ‘क्यान’ को विशेष साधारणसभा वैशाख ६ र ७ गते

Loading

काठमाडौं । निलम्बित नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभा यही वैशाख ६ र ७ गते हुने भएको छ । क्यानले काठमाडौंमा पत्रकार सम्मेलन गरी वैशाख पहिलो साता विशेष साधारणसभा गर्ने जानकारी दिएको हो ।

विशेष साधारणसभाले सल्लाहकार समितिले बनाएको विधान अनुमोदन गर्नेछ । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निर्देशनमा निलम्बित क्यानले विधान अनुमोदन गर्न लागेको हो ।

पत्रकार सम्मेलनमा निलम्बित निर्वा्चित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले नेपाली क्रिकेटले निकास पाउछ भने आफुहरू जुनसुकै हद पार गर्न तयार रहेको बताए ।

आईसीसी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्रतिनिधिको उपस्थितिमा विशेषसाधारण सभाले पारित गरेपछि क्यानले नयाँ विधान पाउने छ । तर यसअघि पनि सल्लाहकार समितिले बनाएको विधान क्यानले अनुमोदन गर्नुको सट्टा संशोधन गरेपछि आईसीसी झनै रुष्ट बनेको थियो ।

क्यानको विधान बनेपछि क्यानको निर्वाचन गराउनका लागि मनिटरिङ कमिटि गठन हुनेछ । मनिटरिङ कमिटिले क्यानको चुनाव गराउँदै नयाँ नेतृत्व प्रदान गर्नेछ । फेरी पनि विधान संशोधन गरेको खण्डमा आईसीसीले सदस्यताबाटै खारेज गर्न सक्छ । यसअघि आईसीसीको प्रतिनिधि नेपाल आएर यो अन्तिम मौका हो भन्दै क्यानलाई चेतावनी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed