Breaking News.... EverestOnlineKhabar
June 26, 2026

कांग्रेस सभापति देउवाले निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने तयारी गरेपछि अन्र्तघातीलाई बेचैन सुरु

Loading

काठमाडौ,बैशाख ।
नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नै पार्टीका उम्मेद्वारमाथी अन्र्तघात गर्नेलाई कारबाही गर्ने तयारी गरेपछि टिकट नपाएको झोकमा आफ्नै उम्मेद्वार हराउने नेता तथा कार्यकर्ता तनावमा परेका छन् । अन्र्तघातीलाई कारबाही गर्न नसकेको भन्दै सभापति देउवामाथी चौतर्फी दवाव बढ्दै गएपछि उनले कारवाहीको लागि अन्तिम तयारी गरिरहेको पार्टी कार्यालय सानेपा स्रोतले जनाएको छ ।
त्यसो त सभापति देउवाले कारवाहीको तयारी गरिरहेको संकेत गर्दै सोमबामर हेटौडामा भएको एक सार्वजनिक कार्यक्रममै प्रतिनिधिसभाको निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कडा कारवाही गरिने बताएका छन् । नेपाल तरुण दलको आयोजनामा सोमबारदेख शुरु भएको दुईदिने प्रदेश नं ३ स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै देउवाले टिकट नपाएकाहरुले पार्टीका आधिकारिक उम्मेदवारमाथि अन्तर्घात गरेकाले उनीहरुलाई कारबाही गरिछाड्ने दृढता समेत व्यक्त गरेका छन् ।
उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्वाचनमा एकीकृत भई चुनाव लडेकाले पार्टीले पराजय बेहोर्नुपरेको पहिलो कारण भएपनि अन्र्तघात पनि पार्टीको साइज खुम्चिनुमा मुख्य कारण भएको दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed