Breaking News.... EverestOnlineKhabar
June 27, 2026

दिल्लीको चौथो भिडन्त कोलकतासंग, सन्दिपको सम्भावना न्यून

Loading

एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपीएल) मा सोमबार राती दिल्ली डेयर डेभिल्स र कोलकता नाइट राइडर्सबीच प्रतिष्पर्धा हुँदैछ ।
दिल्लीका कप्तान गौतम गम्भीर यसअघि कोलकताका कप्तान थिए । कोलकताको अहिलेको टिमको नेतृत्व भने दिनेश कात्तिकले गरिरहेका छन । दुवै टोलीले एक–एक म्याच जितेको र दुईवटामा हार बेहोरेकाले उनीहरुका लागि जित निकै महत्वपूर्ण छ ।

दिल्ली डेयर डेभिल्समा रहेका नेपाली खेलाडी सन्दिपले यसअघिका तीनवटा खेलमा मौका पाउन सकेका थिएनन । सोमबारको खेलमा पनि उनको सम्भावना न्यून छ । चार जना बिदेशी खेलाडी खेलाइने भएकाले उनको सम्भावना न्यून देखिन्छ ।

दिल्लीले मुम्बाईमाथि रोमाञ्चकारी जित दर्ता गर्दा जुन सेट थियो, त्यसैलाई कोलकताबिरुद्ध कायमै राख्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.