Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

एजेन्सी । क्याम्ब्रिज एनालिटिक प्रकरणले मानिसको दैनिक जीवनमा फेसबुकले खेल्ने भूमिकामाथि प्रश्न गर्‍यो। त्यसैका आधारमा मानिसहरुले आफ्नो फेसबुक खाता नै बन्द गर्न समेत तयार भए। फेसबुक बन्द गरिहाल्नुपर्छ त? पर्दैन। तर, आफ्नो एकाउन्टलाई सुरक्षित भने राख्नै पर्छ। गोपनीय वस्तुहरु फेसबुकमा राखेका छौं भने त्यसलाई हटाउँदा फेसबुक र तपाईलाई पनि सुरक्षित बनाउँछ ।

जन्मदिन

तपाईँको जन्मदिन धेरै हिसाबले सुचनाको भरपर्दो स्रोत हो। तपाईँको जन्म मितिसँगै तपाईँको नाम र ठेगाना पनि यसमा रहन्छ। त्यही सूचनाका आधारमा मानिसहरुले तपाईँको बैंक खातासम्म आफ्नो पहुँच पुर्‍याउन सक्छ। व्यक्तिगत विवरणले उनीहरुले गर्न चाहने कुकृत्य पूरा हुनसक्छ।

फोन नम्बर

मोबाइलको नम्बर तपाईँले फेसबुकमा राख्नु पनि जोखिमपूर्ण नै हुन्छ। तपाईँले फेसबुकमा आफ्नो मोबाइल नम्बर राख्नुभएको छ भने त्यसलाई हटाउँदा तपाईँलाई हानी हुने सम्भावना केही न्यून हुन्छ।

खतरा फ्रेन्डसबाटै

अक्सफोर्डका मनोविज्ञानका प्राध्यापक रोविन डोनबरको सिद्धान्तलाई मान्ने हो भने मानिसले १ सय ५० जनामात्र स्थिर मित्र बनाउन सक्छ। ३ हजार ३ सय ७३ फेसबुकका प्रयोगकर्तामाथि अध्ययनपछि डोनबरले निचोड निकालेका छन् – फेसबुक फ्रेन्डमध्ये थोरैमात्र विश्वास गर्न सकिने हुन्छन्, धेरैजसो ‘इमोसनल क्राइसिस’मा प्रतिक्रिया दिनेमात्रै हुन्छन्। धेरैभन्दा थोरै तर अन्तर्क्रिया भइरहने साथी फेसबुकमा जोडिनुपर्ने उनको तर्क छ।

तपाईँको सन्तानको फोटो

अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटका भोक्टोरिया नासाले हालै एउटा सबाल उठाएका छन् : कस्ता खाले सूचना बालबालिकाले अनलाइनमा हेर्न चाहेका छन् या भविष्यमा हेर्ने चाहना राख्छन्? अघिल्लो पुस्ताले उनीहरुको त्यो सोचलाई कहिल्यै वास्ता गर्दैनन् र फोटो अपलोड गर्छन्। परिवारसँगको भए पनि बालबालिकाको दृष्टिकोणविनाका फोटोले जहिले पनि खतरा निम्त्याउन सक्छ।

बालबालिकाका अन्य सूचना

फेसबुकमा पोस्ट गर्ने क्रममा हामीले आफ्ना परिवारका बालबालिका वा आफ्नै सन्तान कहाँ जाँदैछ भनेर खुलाइरहेका हुन्छौं। स्कुल कुन र कहाँ छ भन्ने पनि खुलाउँछौं। यस्तो सूचनाले बालबालिकामाथि यौन शोषण गर्नेका लागि बाटो खुलिरहेको हुनसक्छ।

लोकेसन सेवा

आफू पुगेको ठाउँको लोकेसन ट्याग गरिरहँदा मानिसहरुले तपाईँको घर र तपाईँ रहेको दुरी पहिचान गरिरहेको हुन्छ भन्ने याद गर्दैनौं। तपाईँ मोबाइलबाट लोकेसन सेयर गरेर फेसबुक चलाइरहँदा अरुले तपाईँविरुद्ध सक्रिय हुने मौका पाउँछन्।

कहाँ र कहिले होलिडे मनाउँदै

यसको जानकारी फेसबुकमा दिनु भनेको तपाईँले चोरलाई  निम्तो त दिइरहनुभएको छैन? तपाईँलाई थाहा नपाएको हुनसक्छ तर कतिपय बीमा कम्पनीले सामाजिक सञ्जालमा आफ्नो होलिडे प्लान पोस्ट गर्नेलाई दावीको अवसर दिँदैनन्। पोलिसीमा नै उनीहरुले यसलाई समेट्न थालेका छन्।

क्रेडिट कार्डको विवरण

कहिल्यै पनि सार्वजनिक नगर्नुहोला।

बोर्डिङ पासको फोटो

होलिडेमा यात्रा गर्दा बोर्डिङ पासको फोटो धेरैले सेयर गर्छन्। बोर्डिङ पासमा रहेको बारकोडबाट तपाईँको फ्लाइटको पूरा विवरण बाहिरिन सक्छ। तपाईँको गतिविधिलाई निगरानी गर्न यो सजिलो उपाय पनि हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.