Breaking News.... EverestOnlineKhabar
August 14, 2026

‘ट्रम्प राष्ट्रपतिका लागि नैतिकरुपमा अयोग्य’

Loading

बीबीसी । अमेरिकी संघीय अनुसन्धान निकाय एफबीआईका पूर्व निर्देशक जेम्स कोमीले महिलाहरूलाई अपमानजनक व्यवहार गर्ने डोनल्ड ट्रम्प राष्ट्रपति पदका लागि नैतिक रूपमा योग्य नभएको बताएका छन्।

एबीसी न्यूजलाई दिएको एउटा अन्तर्वार्तामा उनले रुससँग ट्रम्पलाई तर्साउन प्रयोग गर्न मिल्ने सामग्री भएको पनि दाबी गरे । राष्ट्रपति ट्रम्पले न्यायलाई अवरोध गरिरहेका केही प्रमाण निश्चित रूपमा रुससंग रहेको उनको दाबी छ ।

ट्रम्पले ट्विटरमा कोमीको आलोचना गर्दै उनलाई ’ठग’ र ’नराम्रो व्यक्ति’ भनेका छन्।

कोमीले ट्रम्प राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न मानसिक रूपमा आयोग्य नभए पनि निरन्तरको झुठोपन र महिलाबारेका धारणाका कारण उनी असक्षम रहेको उल्लेख गरे।

अघिल्लो वर्ष ट्रम्पले पदबाट बर्खास्त गरेपछि दिएको पहिलो टेलिभिजन अन्तर्वार्तामा कोमीले यी धारणाहरू राखेका हुन्। उनले ट्रम्पका लागि साँचो कुराले खासै महत्त्व नराख्ने टिप्पणी गरे।

उक्त अन्तर्वार्ता प्रसारण हुनुभन्दा घण्टौं अघि कोमीविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका ट्रम्पले उनले ’धरै ढाँटेको’ उल्लेख गरेका थिए। उनले भने, “हाम्रा राष्ट्रपतिले यो देशका आधारभूत मान्यतालाई सम्मान र पालना गर्नैपर्छ। सबै भन्दा मूल कुरा सत्य हो। तर राष्ट्रपतिले त्यसो गर्न सकिरहनुभएको छैन।“

ट्रम्प र कोमीबीच लामो समय यता द्वन्द्व चलिरहेको छ। कोमीले आफ्नो आत्मकथा प्रकाशनमा ल्याउन लागेपछि दुई बीचको विवाद अझ चुलिएको छ। एफबीआईका पूर्वप्रमुख हाल आफ्नो पुस्तकको प्रचार प्रसारमा व्यस्त छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed