Breaking News.... EverestOnlineKhabar
August 18, 2026

यी हुन होटलमा २२ बर्षीया युवतीको हत्या गर्ने युवक

Loading

काठमाडौं । काठमाडौँको एक होटलमा युवतीको हत्या गरी फरार रहेका एक अभियुक्त नेपाल–भारत सीमानाको कंचनपुरस्थित गड्डाचौकीबाट पक्राउ परेका छन् ।

सल्यान जिल्ला शारदा नगरपालिका–१ बस्ने गोपाल शर्मा हत्या आरोपमा पक्राउ परेका हुन । प्रहरीले गत चैत २३ गते टोखा नगरपालिका–९ मिलन टोलस्थित भूमेश्वरी गेष्ट हाउसमा एक महिलाको मुख र खुट्टामा रुमालले बाँधेको अवस्थामा शव फेला परेपछि घटनाको अनुसन्धान अगाडि बढाएको थियो ।

गेष्ट हाउसमा सँगै बसेका गोपालले २२ बर्षीया रिया श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले शर्माको काठमाडौँ जिल्ला अदालतमा म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.