Breaking News.... EverestOnlineKhabar
August 18, 2026

क्रिस्टियानो रोनाल्डोका सात वर्षीय छोरालाई सर्वाधिक गोलकर्ताको ट्रफी

Loading

एजेन्सी । स्पेनिस क्लव रियल मड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका सात वर्षीय छोरा जुनियर रोनाल्डो पनि पिता कै पथमा लम्किन थालेका छन् ।

जुनियर रोनाल्डोले आफ्नो स्कुलको टिमबाट फुटबल खेल्दै सर्वा्धिक गोलकर्ताका रुपमा ट्रफी हासिल गरेका छन् । उनलाई सर्वा्धिक गोलकर्ताका रुपमा ट्रफी प्रदान गरिएको हो । आफ्नी हजुरआमाका साथ जुनियर रोनाल्डोले ट्रफी बोकेको तस्वीर प्रकाशमा आएको छ ।

सात वर्षीय जुनियर रोनाल्डोले विद्यालयस्तरीय फुटबल सिजनमा सर्वा्धिक गोल गर्दै ट्रफी हासिल गरेको बताइएको छ । छोराले हासिल गरेको उपलब्धिलाई रोनाल्डोले पनि इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै बधाइ दिएका छन् ।

रोनाल्डोले पनि क्लव र देशका लागि ६०० भन्दा बढी गोल गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.