Breaking News.... EverestOnlineKhabar
August 18, 2026

पावर डिलिङ प्रविधिमार्फत जमिनबाट पानी निकाल्ने प्रयास सफल

Loading

सल्यान । सल्यानमा पावर डिलिङ प्रविधिमार्फत जमिन भित्रबाट मेशिनले पानी निकालिएको छ। रीमको खाली मिलन बजारनजिक रहेको कोप्चेपानी भन्ने स्थानबाट डिटीएस मेशिन जडान गरेर जमिन मुनिवाट पानी निकालिएको हो।

जिल्लामै पहिलो पटक डिटीएस प्रविधिवाट १०० फुट तल जमिनवाट पानी निकाल्न गरिएको परीक्षण सफल भएको हो। जिल्लामा डिप बोरिङ गरेर जमिनमुनिको पानी निकालिएको भए पनि यस अघि डिटीएस प्रविधिअन्तर्गत मेशिनबाट पानी निकालेको कुनै रेकर्ड थिएन ।

कपुरकोट पाँच रीम खालीका एक सय ५० बढी घरधुरीमा वर्षाैँदेखि खानेपानीको समस्या थियो। गाउँले आफैले लगानी गरेर जमिनमुनिको पानी जमिनमा निकाल्ने परीक्षण गरी समस्या समाधानको उपाय निकालेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.