![]()
बिराटनगर । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमाले र माओवादी केन्द्रबीचको एकता प्रतिशतका आधारमा नभई समानताका आधारमा हुने स्पष्ट पार्नुभएको छ ।
शनिबार विराटनगर विमानस्थालमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दैै वरिष्ठ नेता खनालले दुई पार्टीबीच एकताका लागि केही प्राविधिक बिषय मिलाउन बाँकी रहेको स्वीकार गर्दै सामान्य विवादले एकता प्रक्रियामा कुनै अशर नपार्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘एमाले माओवादीको एकतालाई अब कसैले रोक्न सक्दैन । पार्टी एकतालाई धर्तीको कुनै तागतले पनि रोक्न नसक्ने भएकाले ढुक्क भएर बस्नुहोस, स्वागतको लागि तयार रहनुहोस । ’
नेता खनालले दुई पार्टीबीच ५०/५० प्रतिशत भागवण्डाको कुनै सहमति नभएको पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘समानताको आधारमा पार्टी एकीकरण हुन्छ, सहमति भएको कुरा पनि त्यही होे ।’
माओवादी केन्द्रले बिधानको प्रस्तावनामा जनयुद्ध शब्द उल्लेख गर्नुपर्ने, ५०/५० को भागवण्डा हुनुपर्ने तथा चुनाव चिन्ह सूर्यको भित्र हंसिया र हथौता पनि अंकित हुनुपर्ने अडान लिएको छ ।
बैशाख ९ गते पार्टी एकता घोषणा गर्ने तयारी गरिएको छ ।


