![]()
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दलका नेताहरूले नेपाली जनतालाई शब्द जालहरूको भुलभुलैयामा रोखर ठूलो गल्ती गरेको आरोप लगाएका छन् ।
नयाँ वर्ष २०७५ सालको उपलक्षयमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले मौलिक धर्म, संस्कृति र परम्परा विरुद्ध खडा गरिएका चुनौतिहरू अझै शिथिल भइ नसकेको बताएका हुन् ।
‘सबै नेपालीहरूको सपना, स्वाभिमान र आत्मसम्मान सहितको संवृद्ध नेपाल हो’, उनले भनेका छन्, ‘विश्वका अधिकांश मुलुकले समुन्नत जीवन बाँचरिहँदा सबै नेपालीले सोही स्तरको जीवन जिउने आकांक्ष राख्नु स्वभाविकै हो ।’
‘ यहाँ शब्द जालहरूको भुलभुैलयामा राखेर अन्तत राष्ट्रिय अस्तित्व नै क्षत विक्षत तुल्याइने खतरा बढ्दै गएको जनताले महशुस गरेको वर्तनमान अवस्था राष्ट्रको यथास्थिति हो’, पूर्वराजा शाहले भनेका छन, ‘राष्ट्रियता जनताको हार्दिकतासँग गाँसिएको संवेदनशीलत प्रणातत्व पनि हो ।’


