![]()
बीबीसी । अमेरिका फ्रान्स र बेलायतले सिरियामा संयुक्त सैन्य कारवाही शुरु गरेका छन् । सिरियाको डुमामा गतसाता भएको रासायनिक आक्रमणको प्रतिक्रियास्वरुप अमेरिका, बेलायत र फ्रान्सको संयुक्त गठवन्धनले सिरियामा हवाई आक्रमण शुरु गरेको ह्वास हाउसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियाका विभिन्न स्थानमा हवाई आक्रमण जारी रहेको जानकारी गराएका थिए । । सिरियाको पछिल्लो अवस्थाबारे जानकारी गराउन ह्वाइट हाउसबाट सम्बोधन गर्दै ट्रम्पले फ्रान्स र बेलायतको सशस्त्र फौजहरूको संलग्नतासहित सशस्त्र फौजको संलग्नतासहित सैन्य कारबाही सुरु गरिएको बताए ।
अमेरिकी रक्षामन्त्रालय पेन्टागनका अधिकारीहरूले कम्तीमा तीन स्थानलाई निसाना बनाइएको बताएका छन् । बेलायतकी प्रधानमन्त्री टेरिजा मेले सैन्य फौज प्रयोग गर्नुबाहेक अन्य व्यवहारिक विकल्प नभएकोले आफूले पनि संलग्नता जनाएको बताइन ।
यस्तै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले रासायनिक अस्त्र सामूहिक सुरक्षाका लागि खतरा भएकोले त्यसको प्रतिक्रिया आवश्यक रहेको प्रतिक्रिया दिए । सिरियाली सरकारको मुख्य साझेदार रुसले अमेरिकाको कदमप्रति मौन बस्न नसक्ने जनाएको छ ।


