Breaking News.... EverestOnlineKhabar
October 3, 2026

रुससँगको संघर्षमा फेसबुक : जुकरबर्ग–सिनेटर फेस–टू–फेस ( भिडियोसहित)

Loading

एजेन्सी । फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले आफ्नो कम्पनी रुससँगको संघर्षमा रहेको बताएका छन् ।

रुसले आफ्नो सामाजिक सञ्जाललाई शोषण गर्न चाहेको र आफूहरु त्यस्तो हुन नदिनका लागि संघर्षमा रहेको अमेरिकी सिनेटरसँगको सार्वजनिक सुनुवाईको क्रममा फेसबुकका प्रमुख जुकरबर्गले बताएका हुन्।

उनले भने, ‘यो हतियारको दौड जस्तै हो, उनीहरु थप बलियो हुने क्रममा छन् ।’

क्याम्ब्रिज एनालिटिकाले झण्डै ९ करोड फेसबुक प्रयोगकर्ताको व्यक्तिगत जानकारी राजनीतिक उद्देश्य पूर्तिका लागि अवैध रुपमा प्रयोग गरेको घटनाका सम्बन्धमा भएको सुनुवाईको क्रममा जुकरबर्गले अमेरिकी सिनेटरको प्रश्नको जवाफ दिएका हुन् ।

क्याम्ब्रिज एनालिटिकाले फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा राजनीतिक उद्देश्य पूर्तिका लागि अवैध रुपमा प्रयोग गरेको सार्वजनिक भएपछि फेसबुक समस्यामा आएको छ ।

सिनेटरसँगको सुनुवाईको क्रममा जुकरबर्गले अमेरिकी चुनावमा रुसी दखलका बारेमा अनुसन्धान गरिरहेका विशेष काउन्सिल रोबर्ट म्युलरको टिमले आफ्ना कर्मचारीसँग पनि अन्तर्वार्ता गरेको खुलासा गरे । तर त्यस्तो अन्तर्वार्ता दिनेमा आफू भने नरहेको जुकरबर्गको भनाई छ ।

उनले भने, ‘म्युलरको टिमसँगको हाम्रो सहकार्य निकै गोप्य थियो र यो सार्वजनिक सेसनमा निकै गोप्य केही कुराहरु म सार्वजनिक गर्ने छैन ।’

गएको फेब्रुअरीमा म्युलरको टिमले १३ जना रुसी नागरिकले सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा दखल दिन खोजेको आरोप लगाएको थियो । त्यसमा तीन रुसी कम्पनी पनि थिए । यस्तो कम्पनीमा इन्टरनेट सर्च एजेन्सी पनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed