Breaking News.... EverestOnlineKhabar
August 18, 2026

माथिल्लो तामाकोसी समयमै सक्न प्रधानमन्त्रीको निर्देशन

Loading

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम समयमै सक्न निर्देशन दिएका छन्। उर्जामन्त्री वर्षमान पुनसँगै आयोजनाको स्थलगत अनुगमनमा दोलखाको लामाबगर पुगेका प्रधानमन्त्री ओलीले आयोजनाका पदाधिकारीलाई काम समयमै सक्न निर्देशन दिएका हुन्।

४ सय ५६ मेगावाटको यो आयोजनाबाट आगामी असारबाट विद्युत उत्पादन सुरु हुने भनिए पनि हालसम्म ९५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ। माथिल्ले तामाकोसीबाट विद्युत उत्पादन सुरु हुन अझै एक वर्ष लाग्ने आयोजनाले जनाएको छ।

विभिन्न माग गर्दै पटकपटक अवरोध गर्दै आएका स्थानीयले फेरि सेयर बाँडफाँटको विषयमा लफडा झिकेका छन्। १८ किलोमिटर सुरुङ्ग रहेको तामाकोसीको सुरूङभित्रै पावरहाउस निर्माण हुँदैछ।

अनुगमनमा पुगेका प्रधानमन्त्री र उर्जामन्त्री समक्ष बाटो खराब भएकाले सामान ढुवानीमा समस्या भएको बताएका छन्। आर्थिक वर्ष २०६५/०६६ मा सुरु भएको आयोजना सम्पन्न गर्नुपर्ने मितिभन्दा २ वर्ष ढिलो भैसकेको छ। आयोजनाको अनुमानित लागत ३५ अर्ब २९ करोड रहेपनि अहिले ४१ अर्ब ७२ करोड पुग्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.