Breaking News.... EverestOnlineKhabar
October 3, 2026

खड्कालाई सम्झेर भावुक भए देउवा, भने–‘राष्ट्रकै लागि ठूलो क्षति भयो’

Loading

दाङ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधनले राष्ट्रलाई नै ठूलो क्षति पुगेको बताएका छन् ।

नेपाली कांग्रेस दाङले गृहजिल्ला दाङको सतवरियामा १३औँ पुण्यतिथिमा आयोजना गरेको श्रद्धाञ्जलि सभामा सभापति देउवाले लोकतान्त्रिक आन्दोलनमा अविश्राम क्रियाशील खड्काको निधनले पार्टीले कुशल संगठक र मुलुकले एक जुझारु लोकतान्त्रिक नेता गुमाएको बताए।

देउवाले भने, “ खड्काको निधनले काँग्रेस पार्टीलाई मात्र होइन मुलुकलाई नै क्षति पुगेको छ, खड्का मुलुकका एक अनुभवी नेता हुनुहुन्थ्यो, खड्का एक निडर र विकासप्रेमी जनताको नेता हुनुहुन्थ्यो । ”

श्रद्धाञ्जलि सभामा महामन्त्री डा. शशाङ्क कोइरालाले बीपीका चेला स्व खड्काका विचारलाई आत्मसात् गरेर काँग्रेस अगाडि बढ्ने बताए । कोइरालाले खड्काको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको पनि उनले बताए ।

त्यस्तै, पार्टी केन्द्रीय सदस्य शेखर कोइराला, डा प्रकाशशरण महत, दीपक गिरी, पार्वती डिसी चौधरी, किशोर राठोरलगायतका नेता कार्यकर्ताले खड्काको निधनले पार्टीलाई ठूलो क्षति पुगेको भन्दै उनका विचारलाई काँग्रेसलाई आत्मसात् गर्नुपर्ने बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed