Breaking News.... EverestOnlineKhabar
October 3, 2026

Loading

काठमाडौं । मध्यपश्चिमाञ्चलमा आगामी बर्ष आयोजना हुने आठौं राष्ट्रिय खेलकुदको मिति तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बुधबार बसेको बोर्ड बैठकले आठौं राष्ट्रिय खेलकुद मंसिरमा गर्ने निर्णय गरेको छ ।

राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा सातदोबाटोमा बसेको बोर्ड बैठकले आठौं राष्ट्रिय खेलकुद मंसिर २१ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको हो ।

आठौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक भैसकेको छ  । यसअघि सातौं राष्ट्रिय खेलकुद पूर्वान्चलमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed