Breaking News.... EverestOnlineKhabar
June 27, 2026

धार्मिक आवरणमा हिंसा बढ्न थाल्यो, नियन्त्रण गर्छु : गृहमन्त्री थापा

Loading

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले पछिल्ला दिनहरुमा धार्मिक आवरणमा अस्थिरता निम्त्याउन खोज्नेहरु सक्रिय भएको भन्दै उनीहरुलाई नियन्त्रण गरेरै छोडने प्रतिबद्धता जनाएका छन ।

विराटनगरमा श्रीनिवास आचार्यमाथि भएको गोलि प्रहारको घटनामा संलग्नहरुलाई कारवाहीको माग गर्दै गृह मन्त्रालयमा विभिन्न ४८ वटा धार्मिक संघसंस्थाका तर्फबाट ज्ञापनपत्र बुझाउन आएको प्रतिनिधिमण्डलसँग कुरा गर्दै गृहमन्त्री थापाले घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परिसकेको र अन्यबारे खोजविन जारी रहेको बताए ।

गृहमन्त्रीले घटनामा संलग्नको पहिचान गर्न र कारवाहीको दायरामा ल्याउन आफूले सुरक्षा निकायलाई निर्देशन दिइसकेको जानकारी पनि दिए । उनले भने, ‘‘जातियता र धर्मको नाममा सबैलाई जुधाएर देशलाई अस्थिरतातर्फ लैजान केही तत्व सक्रिय भएका छन, उनिहरुलाई कारवाहीको दायरमा ल्याईनेछ ।’’

प्रतिनिधिमण्डलको मागबमोजिम घाइते आचार्यको उपचारको खर्च सरकारले व्यहोर्न आवश्यक प्रक्रिया अगाडि बढाउने समेत उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.