![]()
काठमाडौं । सरकारले ‘एक व्यक्ति, एक भर्ना’ अभियानलाई सफल बनाउने निर्णय गर्दै सरकारको अभियानमा सघाउन सबैलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले विद्यालयमा विद्यार्थी भर्नाको संख्यालाई वृद्धी गर्न अभियानलाई सफल बनाउनैपर्ने निष्कर्ष निकालेको हो ।
नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद वाँस्कोटाका अनुसार बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव राजीव गौतमलाई कानुन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ। यस्तै गौतमको स्थानमा सहसचिव डिल्लीराज घिमिरेलाई सचिवमा बढुवा गरी प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरिएको छ।


