Breaking News.... EverestOnlineKhabar
June 28, 2026

सिरियामा भएको रासायनिक हमलाको विषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा अमेरिका र रूसबीच चर्काचर्की

Loading

बीबीसी । अमेरिका र रुसबीच सिरियामा भएको भनिएको रासायनिक हमलाको विषयलाई लिएर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा आरोपप्रत्यारोप भएको छ।

राष्ट्रसंघका लागि रुसी राजदूत भसिली नुब्येन्जियाले डुमामा भएको घटना मञ्चन गरिएको र त्यसको जवाफस्वरूप अमेरिकाले गर्ने सैन्य कारबाहीले ’गम्भीर परिणाम’ निम्त्याउन सक्ने बताए।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले सिरियाली सेनाका एक सहयोगी रुसको हातमा ’सिरियाका बालबालिकाको रगत’ भएको बताइन् । यसअघि संयुक्त राष्ट्रसंघीय मानव अधिकार प्रमुखले विश्व शक्तिहरूले रासायनिक अस्त्रको प्रयोगबारे ’सामूहिक रूपमा उदासीनता’ देखाइरहेको बताएका थिए।

सोमवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हमलाको घटनाप्रति ’बलपूर्वक’ जवाफ दिइने बताएका थिए । अमेरिकासँग थुप्रै सैन्य विकल्पहरू भएको बताउँदै ट्रम्पले ’आजै राति’ अथवा ’केहीबेरपछि’ एउटा निर्णय लिइने बताए।

सिरियाली राष्ट्रपति बशर अल असादलाई राक्षसको संज्ञा दिँदै राजदूत हेलीले यदि सुरक्षा परिषद्ले कदम नचाले अमेरिकाले प्रतिक्रिया जनाउने बताइन्। उनले भनिन, “हामी बोलिरहँदा बैठकहरू भइरहेका छन् र महत्त्वपूर्ण निर्णयको लेखाजोखा भइरहेको छ।“
वाशिङटनले सैन्य हमला गरिने कुरा अस्वीकार गरेको छैन।

गत वर्षको एप्रिलमा विद्रोही नियन्त्रित खान शेखुन नगरमा विषाक्त ग्यास हमलाबाट ८० जनाभन्दा बढी मारिएपछि अमेरिकाले एउटा सिरियाली हवाई अखडामा क्रुज क्षेप्यास्त्र हानेको थियो ।

अन्तर्रा्ष्ट्रिय अनुसन्धानकर्ताहरूले ग्यास हमलाका लागि सिरियाली सरकार जिम्मेवार रहेको ठहर गरेका थिए । सिरियन अमेरिकन मेडिकल सोसाइटीका अनुसार ’विषाक्त रसायनको असर देखिएका’ ५०० भन्दा बढी मानिसहरूलाई पूर्वी गुटाको डुमास्थित स्वास्थ्य केन्द्रहरूमा ल्याइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.