Breaking News.... EverestOnlineKhabar
June 6, 2026

यस्तो छ प्रदेश ५ को नीति तथा कार्यक्रम,कृषिलाई उच्च प्राथमिकता

Loading

रूपन्देही । प्रदेश नम्बर ५ को सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेशप्रमुख उमाकान्त झाले आइतबार प्रदेशसभामा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत् गरेका हुन ।

चालू आर्थिक वर्ष र आगामी वर्षको बजेट निर्माणअघि नीति तथा कार्यक्रम ल्याइएको हो । यही नीति तथा कार्यक्रममा रहेर प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट यही चैत २९ गते संसदमा पेस गर्दैछ ।

प्रदेश सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेको छ । पर्यटन पूर्वाधार, दक्ष जनशक्तिको विकास तथा उद्योगहरुको स्थापना गर्ने सरकारको योजना छ ।

राष्ट्रिय गौरवका योजनादेखि स्थानीय तहमा सन्चालित योजनामा प्रदेश सरकारले मध्यस्तता गर्ने र समयमै आयोजना सम्पन्न गर्न निगरानी गर्ने उल्लेख छ ।

कृषि, उद्योग र पर्यटनका माध्यमबाट समग्र आर्थिक सामाजिक विकास गर्ने रणनीति अवलम्बन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख रहेको छ । प्रदेशसभामा छलफलपछिमात्रै नीति कार्यक्रम पारित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed