Breaking News.... EverestOnlineKhabar
June 6, 2026

अन्ततः ब्राजिलका पूर्व राष्ट्रपति सिल्वाले गरे प्रहरीसामु आत्मसमर्पण

Loading

बीबीसी । ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासिओ लुला डा सिल्वाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । भ्रष्टाचार आरोपमा १२ वर्षको जेल सजाय सुनाइएका लुलाले अन्तिम समयमा आएर आत्मसमर्पण गरेका हुन् ।

उनले आफूमाथिको आरोप राजनीतिक रुपमा प्रेरित रहेको भन्दै त्यस विरुद्ध सर्वोच्च अदालतमा अपिल गरेका थिए । तर सर्वोच्च अदालतले सिल्वाले जेल सजाय भोग्नु पर्ने फैसला सुनाएको थियो । उनले केही हिनामिना भएको स्वीकार गरे पनि आफ्नो अपिल चलिरहेका बेला जेल बाहिर नै रहन पाउनु पर्ने माग गरेका थिए । सिल्वाले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको दाबी गरेका छन ।

आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावमा आफूलाई प्रतिस्पर्धा गर्न नदिने योजनाको हिस्सा रहेको उनको भनाई छ । सर्वेक्षणमा सिल्वा राष्ट्रपतिको सबै भन्दा बलियो उम्मेदवार रहेको देखिने गरेको छ ।

७२ वर्षका सिल्वा सन् २००३ देखि २०११ सम्म ब्राजिलको राष्ट्रपति थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed