Breaking News.... EverestOnlineKhabar
June 6, 2026

युएनका पूर्व उच्च अधिकारी बाल यौन दुराचारको आरोपमा पक्राउ

Loading

काठमाडौं । युएनका एकजना पूर्व उच्च अधिकारी बाल यौन दुराचारको आरोपमा पक्राउ परेका छन । ६० वर्षीय क्यानेडियन नागरिक पिटर जोन ड्यालगिस २ किशोरसहित आपत्तिजनक अवस्थामा काभ्रेको एक घरबाट पक्राउ परेका हुन । उनलाई बाल यौन दुराचारमा मुद्दा चलाइएको छ।

काभ्रेको मण्डन देउपुर गाविसबाट ६० वर्षीय क्यानेडियन ड्यालगिसलाई दुई किशोरहरुसहित पक्राउ गरिएको प्रहरीले जनाएको हो । हिमालयन कम्युनिटी फाउन्डेसन सञ्चालन गरी पिटरले गत दुई वर्षमा गरीब तथा विपन्न समुदायमा शिक्षा तथा खानेपानीमा सहयोग गरिदिएको र ती समुदायका उनले छनोट गरेका बालबालिका पढाइदिने, विदेश घुमाइदिने र ठूलो भएपछि जागिर लगाइदिने प्रलोभनमा बालबालिकाको शोषण गर्ने गरेको केन्द्रीय अपराध ब्युरोले जानकारी दिएको छ।

पिटर बालबालिकाका क्षेत्रमा लामो समयदेखि काम गरिरहेका छन्। उनले तीनवटा मानार्थ विद्यावारिधिसमेत पाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed