Breaking News.... EverestOnlineKhabar
June 6, 2026

सिरियाको गुटामा रसायनिक ग्यास आक्रमण, ७० को मृत्यु

Loading

एजेन्सी,चैत ।
सिरियाको गुटास्थित डउमा क्षेत्रमा रसायनिक ग्यास आक्रमण हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ । गुटा क्षेत्रमा विद्रोहीविरुद्ध सरकारी सेनाले आक्रमण गर्दै आएको छ । सिरियाली सेनालाई रुसले सघाइरहेको छ ।
गुटाको डउमा क्षेत्रमा टक्सिक ग्यास आक्रमण भएको समाचारहरु आइरहे पनि यसको स्वतन्त्र रुपमा पुष्टि हुन भने बाँकी रहेको बीबीसीले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले घटनाको अनुगमन गरिरहेको र यस रसायनिक आक्रमणको जिम्मेवारी सिरियालाई सघाइरहेको रुसले लिनुपर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed