Breaking News.... EverestOnlineKhabar
June 5, 2026

माधव नेपालको रटानः ‘बैशाख ९ गते टुंडीखेलमा एकता घोषणा ’

Loading

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वैशाख ९ गते एमाले र माओवादीबीचको एकीकण निश्चित भएको बताउनु भएको छ ।

एमाले र माओवादी पर्वत काठमाडौं सम्पर्कमञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले कम्युनिस्ट नेता लेनिनको जन्मदिन अर्थात अप्रिल २२ का दिन पारेर पार्टी एकीकरण गरिने दाबी गर्नुभयो ।

एकीकरण सम्बन्धी सम्पूर्ण गृहकार्य भैसकेको जानकारी दिंदै नेता नेपालले जुनसुकै अफवाह र हल्ला मच्चाइएपनि अब एकता नरोकिने स्पष्ट पार्नुभयो । ‘केही प्राविधिक बिषय मिल्न बाँकी छन, तीनको पनि टुंगो लाग्दैछ,’ उहाँले भन्नुभयो ।

नेता नेपालले वैशाख ९ गते दुई पार्टीका लाखौं नेता कार्यकर्तालाई टुँडिखेलमा भेला हुन पनि आह्वान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed