Breaking News.... EverestOnlineKhabar
June 5, 2026

प्रविधिमा अर्को फड्को : कम्प्युटरसहित अप्टिक डिभाइस १०० गुणा छिटो चल्ने

Loading

एजेन्सी । प्रविधि सम्बन्धी अनुसन्धानकर्ताहरुले कम्प्युटर र सबै अप्टिक डिभाइसहरुलाई १०० गुणा छिटो चलाउन सकिने प्रविधिको विकास गरेका छन । टेराहर्ट्ज माइक्रोचिप्समार्फत यो सम्भव तुल्याइएको हो ।

‘यो आविष्कारले टेराहर्ट्ज ग्यापलाई पूर्ति गर्न तथा नयाँ र शक्तिशाली ताररहित उपकरण सिर्जना गर्न सघाउनेछ जसले डाटाको प्रवाह अहिलेको तुलनामा धेरै उच्च दरले हुन सक्छ,’इजरायलका अनुसन्धानकर्ता यूरियल लेभीले भने । उनी भन्छन,‘ ‘अहिलेको हाइटेक जमानामा यो एउटा गेम चेन्जिङ प्रविधि हो । ’

अहिलेसम्म टेराहर्ट्ज माइक्रोचिप निर्माण गर्न सम्भव भएको थिएन । तर लेसर एन्ड फोटोनिक्स नामक पत्रिकामा प्रकाशित भएको सोधपत्रमा अनुसन्धानकर्ताहरुले एउटा अप्टिक प्रविधिका लागि अवधारणा पेश गरेका थिए । त्यसैका आधारमा यो प्रविधि विकास भएको हो । यदि यो प्रविधि सफल भयो भने कम्युटरहरुलाई अहिलेकोभन्दा १०० गुणा छिटो चलाउन सहयोग गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed