Breaking News.... EverestOnlineKhabar
June 5, 2026

प्रधानमन्त्री ओलीसहित २१ जना मन्त्रीले सार्वजनिक गरेनन् सम्पत्ति विवरण…..

Loading

काठमाडौ,चैत ।
भाषण पिच्छे आर्थिक अनुशासनको दुहाई दिन नथाक्ने प्रधानमन्त्री केपी ओली र उनका मन्त्रिपरिषद्का २१ जना मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । उनीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्न चासो समेत देखाएका छैनन् । ओली प्रधानमन्त्री भएको डेढ महिना पुगिसकेको छ । कानून न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले भने पदमा नियुक्त भएसँगै आफ्नो र परिवारका नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।

कानूनमन्त्रीबाहेक अन्य २१ मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रजातन्त्र आएपछि बनेका लोकतान्त्रिक सरकारले नागरिकप्रतिको जिम्मेवारी बहन गर्न र सुशासनको प्रत्याभूति दिन सरकार गठन भएको १५ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने परिपाटी बसालेका थिए ।
मन्त्रिपरिषद् बैठकले सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिकीबारे निर्णय गर्ने र सोहीअनुरूप मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा छ । ओलीनेतृत्वको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नेबारे हालसम्म निर्णय गरेका छैनन् ।
भ्रष्टाचार निवारण ऐन २०५९ मा सार्वजनिक पदमा नियुक्त प्रधानमन्त्री तथा मन्त्रीले नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed