![]()
काठमाडौ,चैत ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका कारण आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरणमा रोक लगाइएको छ । ९ बजे प्रधानमन्त्री ओली भारतभ्रमणका लागि प्रस्थान गर्ने भएपछि सुरक्षा तथा भीभीआईपीका कारण आधाघन्टा अन्य उडान तथा अवतरण हुन सकेनन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विहान ८ः ३५ देखि ९ः०५ सम्म कुनै पनि विमानले उडान तथा अवतरण गर्न नदिइएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । उनले भनेः‘आधा घण्टा कुनै पनि उडान तथा अवतरण भएनन् । प्रधानमन्त्री चढेको विमान उडान भैसकेपछि मात्रै नियमित रुपमा उडान तथा अवतरण सुरु भएका छन् ।’
अन्तर्राष्ट्रियसँगै डोमेस्टिक उडान पनि अबरुद्ध भएका थिए । अन्तर्राष्ट्रिय उडान तथा अवतरण विहानको समयमा खासै नहुने भएकाले ठूलो असर नपरे पनि डोमेस्टिकतर्फ भने दर्जनौं एयरलाइन्सका उडान प्रभावित भएका छन् । विहान ८ः ३५ देखि ९ः०५ सम्म करिव १५ वटा फ्लाइट पछि सरेको प्रवक्ता ठाकुरले जानकारी दिए ।


