Breaking News.... EverestOnlineKhabar
June 4, 2026

३३ किलो सुन लुटपाट प्रकरणः महाशाखाका एसएसपी लोहनी नै छानबिनमा…..

Loading

काठमाडौ,चैत ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी तस्करीको सुन लुटपाट प्रकरणमा मुछिएका छन् । प्रहरीकै मिलेमतोमा ३३ किलो सुन लुटपाट भएको र सो प्रकरण लुकाउन व्यक्ति हत्यासम्म गराएको विषयमा उनी संलग्न रहेको आशंकामा छानबिनमा परेका हुन् । सनम हत्या र ३३ किलो सुन प्रकरणमा गृह मन्त्रालयले गृहका सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । सो छानबिन समितिले बिहीबार महाशाखा प्रमुख एसएसपी लोहनीलाई प्रहरी प्रधान कार्यालयमा हाजिर गराएर छानबिन गर्न पत्राचार गरेको हो । गृह मन्त्रालयले बिहीबार मुख्यालयलाई पत्र लेख्दै लोहनीलाई महाशाखाबाट प्रधान कार्यालयमा बोलाएर छानबिन गर्न निर्देशन दिएको हो । समितिले मंगलबार एसएसपी लोहनीसँग बयान लिएको थियो ।
प्रहरी मुख्यालयले पनि प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुस्कल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । दुवै समितिको बैठक बिहीबार साँझ गृह मन्त्रालयमा बसेको स्रोतले जनाएको छ । लोहनीसँगै अन्य जुनियर प्रहरी अधिकृतलाई समेत तानेर छानबिनको दायरा फराकिलो पार्न समितिले निर्देशन दिएको छ । सुन तस्करले सुन लुटेर घटना गुपचुप गराउन सुन बोक्ने भरिया सनम शाक्यको हत्या गरेको र त्यसमा प्रहरीको मिलेमतो रहेको आशंका गरिएको छ ।महाशाखाले गत १९ फागुनमा काठमाडौंबाट मोरङमा प्रहरी पठाएर तीन जना पक्राउ गरेको थियो भने हत्या गरिएका शाक्यको शव स्कार्पियो गाडीबाट बरामद गरेको थियो ।
तत्कालीन समयमा प्रहरीले काभ्रेका टेकराज मल्ल, मोरङ उर्लाबारीका कृष्ण भन्ने नरेन्द्र कार्कीलाई आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर महाशाखाले पक्राउ गरेपछि तत्कालै प्रहरी प्रधान कार्यालयले डीआईजीको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । प्रहरी स्रोतका अनुसार गत माघमा ३३ किलो ५ सय ग्राम सुन काठमाडौंबाट लुटिएको थियो । प्रहरीका अनुसार लुटिएको सुन दुबईमा बसेर अवैध रूपमा सुनको कारोबार गर्ने गोरे भन्ने चूडामणि उप्रेतीको हो । उप्रेतीले नै आफैंले पठाएको सुन नाटकीय ढंगले लुटपाट गरेको र महाशाखामा कार्यरत केही प्रहरी अधिकृतहरूको उनीसँग सम्पर्क रहेको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed