Breaking News.... EverestOnlineKhabar
June 4, 2026

विकास र समृद्धि कायम गर्नु प्रदेश सरकारको जिम्मेवारी : मुख्यमन्त्री राई

Loading

बिराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संघीयताको अभ्याससँगै विकास र समृद्धि कायम गर्नु प्रदेश सरकारको जिम्मेवारी रहेको बताउनुभएको छ ।

जिल्ला समन्वय समिति महासंघद्वारा बिहीबार आयोजित प्रदेश कानूनमा जिल्ला समन्वय समिति सम्बन्धित छलफल कार्यक्रमा बोल्दै उहाँले प्रदेश सरकारले समन्वय समितिको काम, अधिकार र भूमिका सम्बन्धमा प्रदेश सरकारले कानून मस्यौदा सुझाव समिति गठन गरेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले चैत २८ गते जिल्ला तहमा रहेका कार्यालयले प्रदेश वा जिल्ला समन्वय समिति कस्को मातहत रहने सम्बन्धमा केन्द्र सरकारसँग छलफल गरेको बिषयमा अगाडि नै परिपत्र आउने पनि बताउनुभयो ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले जिल्ला समन्वय समितिको भूमिका सम्बन्धमा प्रदेश सरकारले आफ्नो योजना ल्याउने जानकारी दिनुभयो ।

छलफल कार्यक्रममा जिल्ला समन्वय समिति प्रदेश नं १ को १४ जिल्लाका प्रमुख र उपप्रमुखको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed