Breaking News.... EverestOnlineKhabar
June 5, 2026

चीन फ्याक्टर : फोरमको टोली चीनबाट फर्किए लगत्तै ‘ओली र उपेन्द्र’ वार्तामा

Loading

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको अन्तिम तयारीमा रहेकाबेला उनलाई चीनको सन्देश प्राप्त भएको छ ।

संघीय समाजवादी फोरमको टोली १० दिने चीन भ्रमणबाट फर्किए लगत्तै फोरम अध्यक्ष उपेन्द्र यादव चीनको सन्देशसहित वालुवाटार पुगेका हुन । फोरम नेतृ रेणु यादवसहितको टोली चीनको १० दिने भ्रमणबाट फर्किएपछि अध्यक्ष यादव टोलीसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका हुन्।

चीन भ्रमणमा गएको टोलीसँगै अध्यक्ष यादवले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन्। प्रधानमन्त्रीसँगको भेटमा फोरम सरकारमा सहभागी हुने विषयमा समेत छलफल भएको थियो । अन्य बिषय भने गोप्य राखिएको छ ।

फोरमकै लागि तीन वटा मन्त्रालय खाली राखेर प्रधानमन्त्री ओलीले २२ सदस्यीय मन्त्रिपरिषदको विस्तार गरेका छन्। फोरमले भने संविधान संशोधनको एजेन्डामा प्रधानमन्त्री ओली प्रतिवद्धता आएपछि सरकारमा जाने बताउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed