![]()
कैलाली,चैत ।
धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको आजको पहिलो खेलमा विराटनगर किंग्स र टिम चौराहा धनगढी खेलिरहेका छन् । खेल बिहान ९ बजे सुरु भएको छ । तीनमध्ये दुई खेल जितेको धनगढी अंक तालिकाको दोश्रो स्थानमा छ भने विराटनगरले खेलेका दुई मध्ये एक खेल जितेको छ ।
आजको दोश्रो खेलमा महेन्द्रनगर युनाइटेड र रुपन्देही च्यालेन्जर्स खेल्दैछन् । खेल दिउँसो १ बजेपछि सुरु हुनेछ । दुई खेल खेलेको महेन्द्रनगरले एक खेल जितेर अंक तालिकाको दोश्रो स्थानमा छ भने अहिलेसम्म खेलेका तीनवटै खेल हारेको रुपन्देही प्रतियोगिताबाट बाहिरीने स्थितिमा छ ।


