Breaking News.... EverestOnlineKhabar
June 4, 2026

भारतको आगरास्थित‘रेड लाइट एरिया’ मा प्रहरीको छापा, पाँच नेपाली युवती फेला

Loading

आगरा,चैत ।
भारतको आगरास्थित एक‘रेड लाइट एरिया’ मा स्थानीय प्रहरीले छापा मार्दा पाँच नेपाली युवती फेला परेका छन् ।भारतीय संचारमाध्यमका अनुसार प्रहरीले कुल ९ युवतीको उद्धार गरेकोमा पाँच जना नेपाली हुन् । बाँकी ४ जना भारतकै असम राज्यका किशोरी रहेको बताइएको छ ।
नेपाल तथा भारतकै विभिन्न स्थानबाट किशोरीलाई विभिन्न प्रलोभनमा ल्याएर यौन धन्दामा लगाउँदै आएको सुराकी पाएपछि बुधबार प्रहरीले छापा मारेको हो । बाहिरबाट ताला लगाएको अवस्थामा रहेका कोठा प्रहरीले जबर्जस्ती खोलेको थियो । ती कोठामा थुनिएको अवस्थामा किशोरीहरु फेला परेको बताइएको छ ।
प्रहरीले उद्धार गरिएका किशोरीहरुलाई एक गैरसरकारी संस्थाको रेखदेखमा राखेको छ । कोठी संचालकलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ । माइती नेपालको पहलमा सो कारवाही गरिएको बताइएको छ । नेपालबाट तीन किशोरीलाई आगरा ल्याएर देहव्यापारमा लगाइएको सूचनाका आधारमा सो संस्थाले स्थानीय प्रहरीमा आवश्यक कारवाहीका लागि उजुरी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed