Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको गृहकार्य अन्तिम चरणमा रहेकाबेला माओवादी अध्यक्ष पुष्पकमल दाहालले एकता भाँडन बाहिर र भित्रबाट खतरनाक चलखेल भैरहेको बताउनु भएको छ ।

बुधवार संसदीय दलका कार्यालय सिंहदरवारमा संसदीय दलको बैठक राखी अध्यक्ष दाहालले पार्टी एकता रोक्न ब्यापक चलखेल भैरहेको भएपनि त्यसलाई परास्त गरिने उल्लेख गर्नुभयो । नेता दाहालले चलखेल कसले गरेको छ भन्ने चाहिँ बताउनु भएन ।

बैठकमा दाहालले भन्नुभयो, ‘पार्टी एकता प्रक्रिया सहज ढंगले अघि बढिरहेको छ । हिजो मात्र हामीले राजनीतिक प्रतिवेदन र विधान मस्यौदा कार्यदलको रिपोर्ट बुझेका छौं । दुवै पार्टीलाई सहज हुने गरी एकता टुंगाउन हामी लागिरहेका छौं ।’

अध्यक्ष दाहालले केन्द्रमा सह–अध्यक्षको मोडलमा जाने सहमति भए पनि प्रदेश, जिल्ला र स्थानीय तहमा कुन मोडेलमा जाने भन्ने विषयमा ठोस निष्कर्षमा नपुगिएको बैठकलाई जानकारी गराउनु भएको थियो । साथै, बिधानको प्रस्तावनामा जनयुद्ध लेख्ने वा नलेख्ने, निर्वाचन चिन्ह के राख्ने, समान हैसियत कायम गर्ने लगायतका बिषय छलफलमै रहेको पनि उहाँले उल्लेख गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed