![]()
काठमाडौं । नेपालले भारतीय सीमामा निगरानी गर्नका लागि ड्रोन राख्ने भएको छ । गृहमन्त्री राम बहादुर थापाले सीमा क्षेत्रमा ड्रोनबाट निगरानी गरिने घोषणा गरेका हुन ।
गृहमन्त्री थापाले भने,“हामीलाई ड्रोनको उपयोगितामा वर्तमान दिशा–निर्देशको परिवर्तन गर्न आवश्यक देखिएको छ । त्यसैले भारत–नेपाल सीमामा निगरानी गर्नका लागि ड्रोनको उपयोगको जरुरी देखिएको छ ।”
उनले भनेका छन,“भारतले प्रत्येक किलोमिटमा सैन्य चौकिको स्थापना गरेको छ, तर हामीले मुश्किलले २५ किलोमिटरमा एउटा चौकी बनाएका छौ । सीमामा देखिने चुनौतीसँग जुझ्नका लागि हामी ड्रोनको प्रयोग गर्छौ ।”
नेपाल र भारतबीच झन्डै १८ हजार किलोमिटरको खुला सिमाना छ ।


