Breaking News.... EverestOnlineKhabar
June 4, 2026

प्रधानमन्त्रीद्वारा आफनो भारत भ्रमणबारे संसदलाई जानकारी : ‘कसैले बिगारेर भारतसंग सम्बन्ध बिग्रिदैन’

Loading

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो आसन्न भारत भ्रमणबारे संसदलाई जानकारी गराउनु भएको छ । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै यही चैत २३ गतेदेखि २५ गतेसम्म हुने भारत भ्रमणबारे उहाँले सदनलाई जानकारी गराउनु भएको हो ।

सदनमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल र भारतको सम्बन्ध कसैले बिगारेर नबिग्रने धारणा राख्नुभयो ।् दुइ देशीय सम्बन्ध बहुआयामिक र मैत्रीपूर्ण भएकाले कसैले बिर्गान नसक्ने उहाँले बताउनुभयो । भारतसंग आफना भावना र समस्या मैत्रीपूर्णरुपमा स्पष्ट ढंगले राखेय भारत सदैव सहयोगी हुने उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले छिमेकी भारत र चीन दुबैसँग नेपालको सम्बन्ध मित्रता पूर्ण र सन्तुलित रहेको समेत उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पारस्परिक सम्बन्धको आधार व्यवहारमा कार्यान्वयन हुनुपर्छ, अनिमात्र छिमेकीसँगको मित्रता अन्त्यत मित्रतापूर्ण हुन्छ ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘छिमेक नीति भनेकै मित्रतापूर्ण सम्बन्ध हो । मित्रता कसरी हुन्छ ? समानताका आधारमा । आपसी सहयोगका आधारमा हुन्छ । संयुक्त राष्ट्रसंघको वडापत्रमा उल्लेख भए अनुसार हुन्छ।’

‘हाम्रा दुवै छिमेकी मित्रराष्ट्र भारत र चीनसँग हाम्रो सम्बन्ध राम्रो छ । यो सम्बन्ध अझ सुदृढ र प्रगाण बन्दै जान्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed