Breaking News.... EverestOnlineKhabar
June 5, 2026

ढुकटी रित्तो छ भन्ने अर्थमन्त्रीको श्वेतपत्रप्रति कांग्रेसको आपत्ती, संसदमै गर्यो प्रतिवाद

Loading

काठमाडौं । नेपाली कांग्रेसले सरकारको ढुकुटी रित्तो छ भन्दै जारी गरेको श्वेतपत्रप्रति नेपाली कांग्रेसले कडा आपत्ती जनाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद डा. मिनेन्द्र रिजालले अर्थमन्त्री डा. युवराज खतिवडारे प्रस्तुत गरेको स्वेतपत्रलाई अतिरञ्जित भनेर टिप्पणी गर्दै आपत्ती जनाएका हुन ।

बैठकको विशेष समयमा बोल्दै सांसद रिजालले स्वेतपत्र जारी गर्नु सकारात्मक भएपनि स्वेतपत्रमा समावेश गरेका बुँदाहरु विनाअध्ययन र हावादारी शैलीमा प्रस्तुत गरेको आरोप लगाए । रिजालले भने, ‘ अर्थतन्त्र कमजोर छ तर अर्थमन्त्रीले भनेजस्तो कहालीलाग्दो भने छैन । ’

सांसद रिजालले थपे, ‘लोकतान्त्रिक गणतन्त्र र संघीयतालाई जोगाउने हो भने यस्ता निराशावादी वक्तव्य दिनु उपयुक्त हुँदैन । दोष दिने जिम्मेवारीबाट पन्छिने काम नगर्नुस् । आरोप र प्रत्यारोपबाट हिँडने हो भने तपाइको अनुभवमाथि प्रश्न उठन सक्छ । यो तरिका उपयुक्त भएन । अर्कालाई दोष लगाउने राजनीतिमा अर्थमन्त्रीज्यू तपाईँ पनि उभिनुभएको छ । बजेट बनाउदा, नीति तथा कार्यक्रम बनाउँदा त्यो लाइनबाट टाढै रहनुस ।’

उनले देशको अर्थतन्त्र कमजोर भएपनि संरचनागत समस्याको समाधान सम्भव छैन भन्नु अध्ययनविनाको टिप्पणी भएको उल्लेख गरे ।
बैठकमा साँसद मोहन बानियाँले दुर्गम क्षेत्र विकास समितका १३ वटा समिति खारेज गर्ने सरकारी तयारीको विरोध गरे । त्यसतै सत्तारुढ दलका साँसद अग्नि सापकोटाले तातोपानी नाका सञ्चालनमा सरकारले ध्यान दिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed