![]()
बीबीसी । स्पेनको क्याटलानियालाई स्वतन्त्र घोषणा गर्ने अभियानका नेता तथा पूर्व क्याटलोनियाली सरकारका प्रमुख काल्र्स पुज्डमोनको रिहाइको माग गर्दै जर्मनीको राजधानी बर्लिनमा हजारौंले प्रदर्शन गरेका छन् ।
पुज्डमोनलाई राज्य विद्रोह गरेको आरोपमा गत हप्ता जर्मनीबाट पक्राउ गरिएको थियो । जर्मनीको राजधानी शहरमा पानी परिरहेको भएपनि प्रदर्शनकारी ब्रान्डेनवर्ग गेटबाट न्याय मन्त्रालयसम्म जुलुसमा सहभागी बनेका थिए ।
विरोध कार्यक्रमका सहभागीले ‘नेता पुज्डमोन र क्याटलान राजनीतिक वन्दी’को रिहाइका लागि अनुरोध गरेका थिए । ब्यानरमा स्पेनमा प्रजातन्त्र नभएको, आस्थाका आधारमा क्याटलोनियाली नेताहरूलाई बन्दी बनाइएको भन्ने भावका नारा लेखिएको थियो ।
जुलुसका सहभागीले क्याटलोनियाको स्वतन्त्रताका लागि भन्दै निला, पहेँला र राता झण्डाहरू बोकेका थिए ।


