![]()
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो भारत भ्रमण अघि नै पनि पार्टी एकता हुने सम्भावना प्रबल रहेको बताउनु भएको छ ।
एमाले पार्टी कार्यलयमा पत्रकार तथा लेखक कमल कोइरालालाई मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकता हतार या ढिलो नगरी उपयुक्त समयमा गर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एकता हुन्छ, हुन्छ । भारत भ्रमणअघि पनि हुनसक्छ, पछाडि पनि हुन सक्छ । यो हतारो गर्ने कुरा हैन र ढिलो गर्ने कुरा पनि होइन । उपयुक्त समयमा पार्टी एकता घोषणा गरिन्छ ।’
प्रधानमन्त्री ओलीले बाम गठबन्धनको सरकार बनेपछि काँग्रेस र उसका नेताहरुमा जलन भएको बताउँदै अब आफनो उद्देश्य गरीवलाई धनि बनाउनु रहेको प्रष्ट पार्नुभयो ।
नेपालको विकासमा छिमेकीलाई समेत साथ लिएर अघि बढ्ने योजना सरकारको रहेको बताउँदै उहाँले भन्नुभयो, ‘तीन बर्षमा विकासशिल राष्ट्रमा पुग्छौ । १३ बर्षमा दिगो विकास हासिल गर्ने लक्ष्य पुरा गर्छौ, उत्पादनमा बृद्धि, गर्छौ ।’
कार्यक्रममा पत्रकार कोइरालालाई ५० हजार ५ सय ५५ रुपैयाँ नगदसहति सम्मान गरिएको थियो । सम्मानित कोइरालाले आफुले पाएको सम्मानको रकम बाराका पत्रकार स्व.वीरेन्द्र साहकी श्रीमति उमारावती साहलाई हस्तानतरण गर्ने घोषणा गर्नुभएको थियो ।


