![]()
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजना सार्वजनिक गरेका छन् ।
सोमबार मन्त्रालयमै सुरक्षा निकायका प्रमुखहरुसहित बिशेष समारोहकाबीच उनले कार्ययोजना सार्वजनिक गरेका हुन् । कार्य योजनामा उनले मुख्यतः राष्ट्रिय एकताको संरक्षण, अपराध नियन्त्रण, भ्रष्टाचार, कालोबजारी नियन्त्रण र जनतालाई ‘क्विक सर्भिस डेलिभरी’ लाई प्राथमिकता दिएका छन् ।
कार्य योजनामा हरेक स्थानीय तहमा एउटा सुरक्षा पोष्ट स्थापना गर्ने, निजामति र प्रहरीतर्फको जनशक्ति व्यवस्थापन तथा सेवा प्रभावकारी बनाउने, सुरक्षा निकायलाई सूचना प्रविधिमैत्री बनाउने, विपद् व्यवस्थापनका लागि छुट्टै प्राधिकरण स्थापना गर्न पहल गर्ने र सुशासन प्रबर्द्धन गर्ने उल्लेख छ ।
ड्रोनको प्रयोग गरेर अब सीमा क्षेत्रको निगरानी गरिने समेत उनको योजनामा उल्लेख छ ।


