Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काठमाडौ,चैत ।
प्रधानसेनापति राजेन्द्र क्षत्री द्धन्द्धग्रस्त अफ्रिकी देशहरु कंगो र दक्षिण सुडानको निरीक्षण भ्रमणमा जाने भएका छन्। संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली सेना खटिएका देशमा उनी निरीक्षण भ्रमणमा जान लागेका हुन्। बुधबारदेखि शुक्रबारसम्म कंगो र शनिबारदेखि सोमबारसम्म उनले दक्षिण सुडानको निरीक्षण भ्रमण गर्ने सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले मिशनहरुकोे स्थलगत बस्तुस्थिति, अपरेशन, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु हुने कार्यक्रम छ। भ्रमणको अवधिभर बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन्। क्षेत्री २७ गते स्वदेश फर्कनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed