Breaking News.... EverestOnlineKhabar
June 4, 2026

भारतसंगको सम्बन्ध नयाँ ढंगबाट अघि बढ्छः प्रधानमन्त्री

Loading

बारा । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको अबको सम्बन्ध नयाँ ढंगबाट अघि बढ्ने दाबी गर्नुभएको छ ।

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–४ औराहामा निर्माण हुन लागेको गार्मेन्ट प्रशोधन केन्द्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले छिमेकी मुलुक भारत नेपालको विकासमा सहयोगी भूमिका निर्वाह गर्न तयार रहेकाले दुई मुलुकको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको हो ।

औराहामा निर्माण हुन लागेको सो प्रशोधन केन्द्र ८४३ बिगाह क्षेत्रफलमा फैलिएको छ । नेपाल सरकारको विशेष आर्थिक क्षेत्र प्राधिकरण कार्यक्रमअन्तर्गत करीब रु १० अर्ब को लगानीमा सो केन्द्र निर्माण हुन लागेको हो ।

प्रधानमन्त्री ओली यही चैत २३ गते भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed