Breaking News.... EverestOnlineKhabar
September 29, 2026

राष्ट्रपतिको शपथ विवादमा सर्वोच्चले तत्कालिन प्रधानन्यायाधीश पराजुलीको कागजात मगायो

Loading

काठमाडौं । सर्वोच्च अदालते राष्ट्रपति विद्यादेवी भण्डारीले लिएको शपथका सम्बन्धमा फैसला गर्नुअघि तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीसम्वन्धी कागजात मगाएको छ । राष्ट्रपतिको शपथ अवैध भन्दै परेको रिटमा सर्वोच्च अदालतले छानबिनका लागि पराजुलीसंग सम्बन्धीत कागजात मगाएको हो ।

न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले पराजुलीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि गरेको सिफारिस र उमेर सम्वन्धमा न्याय परिषद्ले गरेको निर्णय झिकाउन आदेश दिएको हो । सर्वोच्चले संवैधानिक परिषद्को सिफारिस पनि मगाएको छ ।

सर्वोच्चले पराजुलीले दिएको राजीनामाका सम्वन्धमा भएको कारबाही एवं पत्राचारबारे राष्ट्रपति कार्यालयबाट जवाफ मगाउन पनि भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed