![]()
बीबीसी । कोरियाली प्रायद्धीपमा शान्तिको प्रयास भइरहेका बेला दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यास दक्षिण कोरियाको राजधानी सोलमा सुरु भएको छ ।
उत्तर र दक्षिण कोरियाका साथै अमेरिकासँग पनि प्योङयाङले वार्ता गर्ने संकेत देखाएका बेला संयुक्त अभ्यास सुरु भएको हो । यसले शान्ति प्रक्रिया बिथोल्ने आशंका गरिएको छ ।
सैन्य अभ्यासमा अमेरिकी सेनाको ठूलो उपस्थिति छ । सैन्य अभ्यासका कारण यसै महिनामा हुने भनिएको उत्तर र दक्षिण कोरियाको वार्ता प्रभावित हुने आशंका उठेको छ । उत्तर कोरियाले यसबारे कुनै धारणा सार्वजनिक गरेको छैन । दुई कोरियाबीच यही अप्रिलको अन्त्यतिर र उत्तर कोरिया र अमेरिकाबीच आगामी मे महिनामा वार्ता हुने बताइएको छ ।
सैन्य अभ्यासमा दक्षिण कोरियाका २ लाख ९० हजार सेनाको उपस्थिति रहेको छ भने त्यसैगरी अमेरिकाका ११ हजार ५०० सैनिक सहभागि छन् ।


