Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काठमाडौ,चैत ।
प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादी केन्द्रमा‘मूल नेतृत्व’ शक्तिशाली देखिएको छ । पार्टीभित्रका प्रतिपक्षी नेता कमजोर देखिएका कारण अध्यक्ष र सभापति सर्वशक्तिमान देखिएका हुन् । आफूअनुकूल निर्णय लिन उनीहरूलाई अहिले पार्टीभत्रै चुनौती दिने कुनै नेता देखिएका छैनन् ।
वैचारिक र राजनीतिक पक्षमा प्रजातान्त्रिक, लोकतन्त्रवादी भनेर व्याख्या गरिए पनि पार्टीभित्रको वैचारिक बहसदेखि निर्णय क्षमतामा अन्य नेताको भूमिका करिब‘शून्य’ कै स्थितिमा पुगेको पूर्वमन्त्री तथा एमाले नेता राधाकृष्ण मैनालीको भनाइ छ ।
राजनीतिक विश्लेषक भन्छन्ः‘लोकतन्त्रमा पार्टीलाई सही बाटोमा लैजान प्रतिपक्षी धार उत्तिकै सशक्त हुनुपर्छ, त्यसो नहुँदा नेतृत्व निरंकुश हुने र आफूअनुकूल निर्णय लाद्दै जान सक्ने खतरा देखिन्छ ।’
राजनीतिक नरेन्द्रजंग पिटरः‘यसले पार्टीलाई मात्र होइन, देशलाई नै जोखिममा लैजान सक्ने भएकाले आन्तरिक प्रतिपक्षी धार बलियो हुनुपर्छ, तर, अहिले मूल तीनवटै पार्टीभित्र संस्थापनका अगाडि प्रतिपक्षी धार कमजोर देखिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed