![]()
एजेन्सी । अष्ट्रेलियाली क्रिकेट कप्तान तथा ब्याट्सम्यान डेभिड वार्नरले अष्ट्रेलियाका लागि कहिल्यै नखेल्ने घोषणासहित पदबाट राजीनामा दिएका छन्।
बल टेम्परिङ विवादमा फसेका ३१ वर्षे वार्नरले आफूले गल्ती गरेको र अब कहिल्यै अष्ट्रेलियका लागि नखेल्ने घोषणा गरेका हुन । पत्रकार सम्मेलनमा उनले रुदै उक्त घोषणा गरेका हुन्।
वार्नरले आफ्नो गल्तीको जिम्मेवारी लिने बताए। साथै उनले सबै समर्थकसँग माफी समेत मागेका छन् । उनलाई प्रधानमन्त्रीको निर्देशनमा एक वर्षको प्रतिवन्ध लगाइएको छ। दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्टका क्रममा भएको बल टेम्परिङको योजनाकार वार्नरलाई मानिएको छ ।


