Breaking News.... EverestOnlineKhabar
September 28, 2026

फान अवार्डमा ‘छक्का पञ्जा’ उत्कृष्ट, कथाको अवार्ड ‘जात्रा’ लाई

Loading

काठमाडौं । फान अवार्डको दोस्रो संस्करणमा ‘छक्का पञ्जा’ उत्कृष्ट फिल्म घोषित भएको छ। नेपाल चलचित्र कलाकार संघको आयोजना रहेको ‘फान अवार्ड २०७३’मा उत्कृष्ट कथाको अवार्ड भने फिल्म ‘जात्रा’ले हात पार्यो।

फिल्मको कथा निर्देशक समेत रहेका प्रदीप भट्टराईले लेखेका हुन्। जात्राको लागि अर्को शीर्ष अवार्ड ‘उत्कृष्ट अभिनेता’ विपिन कार्कीले जिते। उत्कृष्ट अभिनेत्री भने फिल्म ‘डाइङ क्याण्डल’बाट सृजना सुब्बाले पाइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा र सम्पन्न फान अवार्ड २०७३ मा उत्कृष्ट निर्देशक ‘गाजलु’ फिल्मका लागि हेमराज बिसी घोषित भए। २४ विधामा वितरण गरिएको अवार्डमा सर्वा्धिक धेरै अवार्ड फिल्म छक्का पञ्जाले जितेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed